पोखरामा कपाल प्रत्यारोपण सम्बन्धि निःशुल्क परामर्श

11 November, 2016

 काठमाडौं– काठमाडौं विशालनगरस्थित अरोगिन हेयर क्लिनिकले होटेल ग्रान्ड पोखरामा निःशुल्क कपाल प्रत्यारोपण परामर्श दिइरहेको छ । दुई दिने उक्त कार्यक्रममा कपाल बिज्ञ कृतिश्मा अर्यालको समूहले परामर्श दिइरहेको छ । परामर्श शनिवारसम्म चल्नेछ ।
विभिन्न कारण असमयमै कपाल गुमाउन पुगेकाहरुलाई लक्ष्य गरी नेपालमै कपाल प्रत्यारोपण सेवा दिइन थालेको छ । केही समयदेखि काठमाडौंमा रहेर सेवा दिइरहेको अरोगिनले यसका लागि विभिन्न स्किम तथा कार्यक्रमहरु गरिरहेको छ ।
परामर्शमा कपाल प्रत्यारोपण प्रक्रिया तथा यसका लागि लाग्ने शुल्कलगायतका विषयमा जानकारी दिइनेछ । प्रत्यारोपण गर्न चाहनेका लागि विशेष छुटको समेत व्यवस्था गरिएको अरोगिनका सिइओ कृष्ण महतले जानकारी दिए ।
अरोगिनमा फोलिक्युलर युनिट एक्स्ट्रयाक्सन९एफयुई० विधिबाट कपाल प्रत्यारोपण गरिन्छ । जुन प्रत्यारोपणको विश्वमै आधुनिक तरिका हो । यसमा एक–एक फोलिसीस युनिट अथवा ग्राफ्टलाई टाउको पछाडिको भाग वा दाह्रीबाट निकालिन्छ  । कपाललाई निकालेर स्टोर नगरी तुरुन्तै प्रत्यारोपण गरिन्छ । यसले कपाल मर्ने संभावना कम हुन्छ  ।
कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टिको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक–एकवटा ग्राफ्ट प्रत्यारोपण अर्थात् रोप्ने काम गरिन्छ।